सिन्धुली । जिल्लामा कोरोना संक्रमणमुक्त भएर १६ जना घर फर्केका छन । मंगलबार जिल्लामा उपचार गराईरहेका १६ जना निको भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
निको हुनेमा ४ जना महिला र १२ जना पुरुष रहेका छन । हालसम्म दोस्रो चरणको कारोना संक्रमण भएका निको हुनेको संख्या २४ पुगेको छ ।
यस्तै मंगलबार २३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताएका छन । उनका अनुसार मंगलबार थपिएका संक्रमित सहित कोरोना संक्रमण हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
संक्रमित भएका ३ सय ४६ जना आइसोलेसनमा रहेका छन । ती मध्ये सबैभन्दा बढी ३ सय ३० जना होम आइसोलेसनमा रहेका छन ।




















