सिन्धुली । सिन्धुलीको कोभिड अस्पताललाई रिलिफ नेपालले अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोरोना संक्रमित विरामीलाई उपचारमा सहज होस भनि उक्त संस्थाले शनिबार १५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।
यस्तै रिलिफले दुधौली नगरपालिकालाई ४ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत कोभिड अस्पताल र दुधौली नगरपालिकालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।
दुधौलीमा कोरोना संक्रमितहरु बढेसँगै आपतकालिन विरामीलाई अक्सिजन दिन सहज होस भनि अक्सिजन सिलिन्डर सहयोग गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले बताए ।
दुधौलीमा दिईएको सिलिन्डर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा राखिने छ । रिलिफ नेपाल सिन्धुलीले डक्सरको आर्थिक सहयोग र टिडिएच जर्मनको साझेदारीमा सिलिन्डर सहयोग गरेको पौडेलले बताए ।





















