• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 3, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

स्थानीयको गुनासो आएको सात महिनापछि कारागारको अनुगमन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २२, २०७८
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । निर्माणाधिन कारागार कार्यालय र कार्यालयको फोहोरका कारण वस्ती नै प्रभावित भएको स्थानीयको गुनासो आएको सात महिनापछि अनुगमन भएको छ ।

निर्माण कम्पनीले कारागारको भवन, शौचालय र पर्खाल मापदण्ड विपरित बनाएको, कारागारको शौचालय भरिएर गाउँ नै दुर्गन्धित भएको भन्दै स्थानीयले २०७७ असोजदेखि नै जिल्ला प्रशासन कार्यालय सिन्धुली र कमलामाई नगरपालिकामा गुनासो सहित अनुरोध गर्दै आएका थिए ।

मंगलबार मात्र जिल्ला कारागार कार्यालय परिसरमा भएको निर्माणको अवस्थाको कमलामाई नगरपालिका प्रमुख खड्ग खत्री र प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले अनुगमन गरेका छन ।

अनुगमनका क्रममा जिल्ला कारागार निर्माणमा ठेकेदारले लापरवाही गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार ८ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन कारागारको गुणस्तरहीन काम भएको पाइएपछि निर्माण गरिदै गरेको पर्खाल भत्काईएको छ ।

डाँफे–धुलीखेल संजीव एण्ड ब्रदर्श जेभिले निर्माण गरेको उक्त वालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरीएको सिमेन्ट बालुवाको अनुपात नमिलाईएको पाईएको हो ।

निर्माण सामग्री तथा पुराना तारहरु सडकमै जथाभावी छाडिदिँदा स्थानीय दुर्घटनामा पर्ने गरेको समेत गुनासो आएपछि अनुगमन गरिएको र अनुगमनका क्रममा निर्माणमा गम्भीर लापरवाही गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । अनुगमनपछि ठेकेदार कम्पनीलाई तत्काल जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ ।

कारागारबाट वाथरुम तथा किचनबाट निस्केको फोहोर पानी नजिकैको साँघोगैरा खोल्सीमा निकास गर्दा ऐसेलुजंघार र त्यस तलका बस्तीका बासिन्दालाई समस्या भएको छ । उक्त खोल्सीको पानी ऐसेलुजंघार, सानो करकरे, माझीडाँडा, पञ्चकन्या टोल, मजगाईं टोलका करीब चारसय घरधुरीका बासिन्दा गाई वस्तुलाई खुवाउने तथा नुहाउने, लुगाधुने काममा प्रयोग गर्दै आएका थिए ।

यस्तै कारागारबाट निस्केको शौचालयको पानी र दिशापिसाव सडक भरि छताछुल्ल भएपछि कनपा ५ को ऐसेलुजंघारको बस्ती नै समस्यामा परेको छ । उक्त फोहोरका कारण करीव ३० मिटर नजिकै रहेको सार्वजनिक इनारलाई समेत दुषित भएको स्थानीय गणेश बहादुर श्रेष्ठले बताए । उनका अनुसार सडकको मापदण्डलाई समेत वेवास्ता गरि सडक मिचेर वाल लगाईएको थियो ।

हाल निर्माण सम्पन्न भएको कारागार भवनको क्षमता ८० जना कैदी बन्दीको भए पनि हाल ५ सय ८ जना कैदीबन्दी राखिएको छ । २०७६ पुसबाट निर्माण थालिएको कारागार भवन २०७८ असार मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कृपया यो पनि पढ्नुहोला

कारागारको शौचालयले गाउँ नै दुर्गन्धित (स्थलगत रिपोर्ट)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईमा पनि लकडाउन, जिल्लाका पाँच स्थानीय तहमा पूर्ण लकडाउन

Next Post

कोरोना संक्रमित आठ वर्षिय बालकको मृत्यु

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied