सिन्धुली । सिन्धुलीका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुली अस्पतालको पिसिआर ल्यावमा ८ जनाको परिक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार दुधौली नगरपालिकाका १, फिक्कल गाउँपालिकाका १ र कमलामाई नगरपालिका वडा नं. ६ का २ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन । शंका लागेर परिक्षण गरेका र होम आईसोलेसनमा बसेकाहरुमा संक्रमण देखिएको पोखरेलले बताएका छन ।
परिक्षण गरिएका पचास प्रतिशतमा संक्रमण देखिनु सामान्य अवस्था नहुन सक्ने र सबै सचेत हुनुपर्ने बेला भएको पोखरेलले बताएका छन ।




















