सिन्धुली । प्रधानमन्त्री ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले सहिद ऋषिराज देवकोटा (आजाद) को ४० औं स्मृति दिवसका अवसरमा मंगलबार विहान सिन्धुली अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् आजाद पुत्र सुवास देवकोटाको उपस्थितिमा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज उमादेवी कोइराला, नेकपा जिल्ला अध्यक्ष प्रदीप कटुवाल, बाग्मति प्रदेशसभा सदस्य विनोद खड्का, जिल्ला नेताहरु लगाएतको सहभागितामा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको हो ।
नेपाली क्रान्तिका नायकका रुपमा नेकपाले स्मरण गरेको सो अवसरमा नेताहरुले बताएका छन । नेकपाले भिमानको आजाद स्मृति सभाहलमा बुधबार औपचारिक सभाको आयोजना गरेको समेत उक्त अवसरमा जानकारी गराईएको छ ।























