सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १० दोभानमा सोमबार आमाछोरीमाथि धारिलो हतियार प्रहार भएको छ । सोमबार विहिान करिब ३ बजेतिर सुतिरहेको ठाउँमा उनीहरुमाथि धारिलो हतियार प्रहार भएको हो ।
धारिलो हतियार प्रहार गरि ५५ वर्षिय हरिमाया घिमिरे र उनकी छोरी २६ वर्षिय गंगामाया घिमिरे रहेका छन । उनीहरुको टाउको र हातमा गम्भिर चोट लागेका कारण उपचारका लागि जनकपुर लगिएको छ ।
उनीहरुलाई पारिवारिक विवादका कारण गंगामायाका श्रीमान धनुषाको वटेश्वर ३ का ३० वर्षिय प्रमोद कुमार सिंह महतोले धारिलो हतियार प्रहार गरेका हुन । प्रमोदसँग गंगामायाले विवाह गरेको र पारिवारिक समस्या भएका कारण माइतीमा बस्दै आएकी थिइन ।
महतोले केहि दिन अघि ससुरालीमा आएर झगडा समेत गरेका थिए । महतो आमाछोरीलाई धारिलो हतियार प्रहार गरि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर सन्तोष कुमार पोखरेलले बताएका छन ।




















