सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं. ६ को मुख्य बजार गैरी बजार र कनपा ५ को मुख्य बस्ती मधुटार जोड्ने पक्कि पुल निर्माणको सुरुवात भएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय रामेछापको ३ करोड ६० लाख ५६ हजार ३ सय ७५ रुपैंया लगानीमा उक्त पुल निर्माण सुरु भएको हो ।
पुलको औपचारिक शिलान्यास वाग्मति प्रदेशसभा सदस्य विनोद खड्काले गरेका छन । पुलको शिलान्यास गर्दै खड्काले तीन तहका सरकारले विकासलाई तिव्रता दिईरहेको बताए । उनले कमलामाई नगरपालिकामा मात्र ११ वटा पुलको निर्माण प्रारम्भ भएको बताएका छन ।
खड्काले सरकारले तिव्र गतिमा विकासका काम गरिरहेको र जनताले त्यसको मुल्यांकन समेत गरेको दावी गरेका छन ।
शिलान्यास गरिएको उक्त पुल ४० मिटर लम्वाई र ८.४० मिटर चौडाई रहेको छ । जसको निर्माणको जिम्मा गाल्वा÷धुलिखेल÷सृजना जेभिले पाएको छ । २०७७ पुस २१ गते निर्माण सम्झौता भएको उक्त पुल २०७८ पुस २१ गते निर्माण सम्पन्न गर्नुपर्ने छ ।
निर्माण कम्पनीका उद्धव दाहालले समयमै गुणस्तरीय काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
पुलको उद्घाटन समारोहमा उपस्थित स्थानीयले मधुटार बजारको नजिक भएर पनि ओझेलमा परेको अवस्थामा पुल निर्माणले नगरपालिकाको वडा नं. ५ लाई पनि बजारीकरण हुन सहयोग पुग्ने बताए ।






















