सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ५ सोला भञ्ज्याङमा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन ।
विपी राजमार्ग हुदै खुर्कोटतर्फ जाँदै गरेको ज १ च १३५४ नं. को बोलेरो पल्टिदा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ कञ्चनपुरका ४१ वर्षिय बसन्त मुखियाको मृत्यु भएको हो । उनको उपचारका क्रममा सिन्धुली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए ।
बोलेरो चालक धनुषाको गोविन्दपुर ६ बस्ने सिजल यादव गम्भिर घाइते भएको र सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमान्डौ पठाइएको डिएसपी खत्रीले बताए ।
उनका अनुसार बोलेरो अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । गाडी घटना स्थलमै रहेको छ ।





















