सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरोको पासोले हानी श्रीमतिको हत्या गरेका छन् ।
४० वर्षिय शेर बहादुर बुजुले श्रीमति ३६ वर्षिय राममाया घलानलाई शुक्रबार राती ११ बजे बञ्चरोको पासोले टाउकोमा हानी हत्या गरेका हुन ।
बञ्चरो प्रहारबाट घाइते भएकी घलानको उपचारका क्रममा शनिबार विहान १० बजे हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताएका छन ।
उनका अनुसार घटनाको कारण खुल्न सकेको छैन । श्रीमान श्रीमतिको झगडा भईरहने गरेको स्थानीयले बताएको डिएसपी खत्रीले जनाएका छन तर खास के कारणले हत्या गरियो भन्ने बारेमा भने केहि खुलेको छैन । श्रीमतिलाई बञ्चरो प्रहार गरेपछि बुजु फरार रहेका छन ।





















