• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आईसोलेसन भवन निर्माणमा सहयोग जुट्दै

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १२, २०७७
in Featured, Health, Province 3
0

Share via:

48 Shares
  • Facebook 48
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा बन्दै गरेको आईसोलेसन भवनका लागि सहयोग जुट्ने क्रम जारी छ । सुनकोशी गाउँपालिकाले पाँच लाख रुपैया, मरिण गाउँपालिकाले पाँच लाख ५० हजार रुपैया, गोलञ्जोर गाउँपालिकाले पाँच लाख रुपैया विनियोजन गरेको सार्वजनिक गरेका छन ।

यस अघि कमलामाई नगरपालिकाले तीन लाख रुपैंया सहयोग गरिसकेको छ । यसैगरी विहिवार मात्र आइसोलेसन भवन निर्माणका लागि नगद र निर्माण सामग्री प्राप्त भएको निर्माण समितिका संयोजक अशोक श्रेष्ठले बताए ।
यसरी आइसोलेसन भवन निर्माणका लागि सहयोग गर्नेमा दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूह कमलामाई नगरपालिका– ५ सिन्धुलीले नगद एक लाख एक हजार एक सय ११ रुपैया र पाँच ट्याक्टर ढुङ्गा, तीनपाटन गाउँपालिका—२ भिमस्थान निवासी रामजी सुवेदीले पाँच हजार एक सय, नेपाल रेडक्रस सोसाइटी.माडी बजार उपशाखाले ५१ हजार, शान्ति चर्च कमलामाई नगरपालिका ६ सिन्धुलीले ५१ हजार एक सय, महिला जागरण टोल विकास संस्था २ नं. बजार सिन्धुलीले २० हजार, सहकार्य बचत तथा ऋण सहकारी संस्था लि.सिन्धुलीका कर्मचारीहरुले १० हजार रुपैया सहयोग गरेका छन ।
विहिवार नै गोलञ्जोर गाउँपालिका–५ का रामकाजी थापाले होङ्सी सिमेन्ट ५० बोरा उपलव्ध गराएको अध्यक्ष श्रेष्ठले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आईसोलेसन भवन निर्माणका लागी वागमति प्रदेश सरकारले ९७ लाख रुपैया बजेट विनियोजन गरि सकेको छ । नपुग रकमका लागि सहयोग जुटाउने क्रम समेत भईरहेको श्रेष्ठले बताए । जिल्लाका अन्य स्थानीय तहले पनि बजेट विनियोजन गर्ने विषयमा छलफल भईरहेको श्रेष्ठले बताए ।
भवन निर्माणको लागी आर्थिक मात्र नभएर कमलामाई नगरपालिका र इन्जिनियर्स फोरमको प्राविधिक सहयोग, सिन्धुली अस्पतालको व्यवस्थापन रहेको छ भवन निर्माणको लागी दुई करोड ५४ लाख २४ हजार ४ सय ८७ रूपियाँ लागत अनुमान गरिएको छ । सिन्धुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले आइसोलेसन कार्यान्वयन गर्ने छ ।
भवनको निर्माण कार्य चाँडै सम्पन्न गर्नका लागी जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरु पहल गरिरहेका छन भने स्थानीय तहहरु, निर्माण व्यवसायीहरु, उद्योगी व्यवसायीहरु नागरिक समाज तथा नागरिक संघसंस्थाको सहयोग रहेको संयोजक श्रेष्ठले बताएका छन ।
यस अघि सुनकोशी गाउँपालिकाले १२ ट्रिप बालुवा, २ ट्रिप गिट्टी, कमलामाई नगरपालिका ७ का राम बहादुर लामाले २५ ट्याक्टर ढुंगा, विजय श्रेष्ठले २ ट्याक्टर ढुंगा, रानीबास क्रसर उद्योगले ४ ट्रिप बालुवा, वागमाराका डोलक श्रेष्ठले २८ ट्रिपर ढुंगा, विजय श्री हार्डवेयरले १ मुठा रड सहयोग गरेका छन ।
यस्तै बैंङ्कासुरेन्स क्लब सिन्धुलीले २५ हजार ५५५ रुपैंया नगद, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीले २७ हजार १११ रुपैंया, रेडक्रस भिमान उपशाखाले १० हजार पाँच रुपैंया, यादव प्रसाद सुवेदी ५ हजार ५५५ रुपैंया, भिमान पोलिक्लिनिक एन्ड मेडीकल सेन्टर प्रा. लिले ५ हजार १५५ सहयोग गरेको श्रेष्ठले बताए । यस्तै युवा व्यवसायीहरुले कामदारहरुलाई दैनिक पानी खुवाउने काम गरेका छन भने सिद्धेश्वर खानेपानी उपभोक्ता समितिले निर्माणका लागि पानीको व्यवस्था गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सामाजिक विकास मन्त्री सिन्धुलीमा, कोरोनाको उपचार र तयारीबारे अनुगमन र छलफल

Next Post

मरिणको कोरोना रोकथाम खर्च : चार महिनामा साढे छ्यानब्बे लाख

सम्बन्धित खबरहरु

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied