सिन्धुली । सोमबार सिन्धुली अस्पताल र नेपाली सेनाका गरि १ सय २ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको छ ।
प्रादेशिक प्रयोगशाला हेटौडामा उनीहरुको नमुना पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । सोमबार सिन्धुलीमा ६ जना संक्रमित भेटिएपछि नेपाली सेनाका १२ जना र सिन्धुली अस्पतालका ९० जना स्वास्थ्यकर्मी गरि एकसय २ जनाको नमुना पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार प्रारम्भिक कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको हो । यस्तै सोमबार भिमानका ३४ जना र क्वारेन्टाईनमा रहेका ८८ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।
उनले पिसिआर परिक्षणको रिपोर्ट मंगलबार वा बुधबारसम्म आउने बताएका छन । जिल्लाबाट हालसम्म परिक्षणका लागि पठाईएका १ हजार ५ सय २२ नमुनामध्ये अब २ सय ४ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताए ।
यसैबीच सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीका अविभावकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि सिन्धुली अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । तीनदिनका लागि सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले जानकारी दिए ।




















