सिन्धुली । दर्ताका लागि नआई हदम्याद नाघेका, तारेख लिन हदम्याद गुज्रेका वा विभिन्न कारणले हदम्याद पुगेका मुद्दाहरुलाई लकडाउन खुलेको ३० दिन भित्र हदम्याद नलाग्ने भएको छ ।

जिल्ला भित्रका वादी प्रतिवादीलाई साउन ८ गतेदेखि ३० दिनभित्र हदम्याद रहने छ भने जिल्ला बाहिर ठेगाना रहेका प्रतिवादीलाई भदौ १ गतेदेखि लागु हुने गरि तीस दिन भित्र हदम्याद रहने जिल्ला न्यायाधिश किरण प्रसाद शिवाकोटीले बताए ।
उनका अनुसार तारेख थाम्ने, सुरु हदम्याद लगाएतका हदम्यादका बारेमा सर्वाेच्च अदालतले जेठ १५ गते गरेको निर्णय बमोजिम हदम्याद नलाग्ने गरि मुद्दामा सहजीकरण गरिएको हो ।
लकडाउनका कारण हदम्याद नहुने समस्यालाई समाधान गर्न हदम्याद नलाग्ने निर्णय सर्वोच्च अदालतले गरेको थियो ।




















