सिन्धुली । सिन्धुली जिल्ला अदालतमा रहेका मुद्दाहरु फस्र्यौटमा लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन । एक वर्षमा ४ सय ९८ वटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको अदालतले ३ सय २५ वटा मुद्दा एक वर्षमा फस्र्यौट गरेको जनाएको छ ।
मंगलबार अदालतमा पत्रकार सम्मेलन गरि जिल्ला न्यायाधिस किरण प्रसाद शिवाकोटीले लक्ष्य भन्दा ३५ प्रतिशत कम मुद्दा फस्र्यौट भएको बताए । उनले लक्ष्य अनुसार ६५.२६ प्रतिशत मुद्दा फस्र्यौट भएको बताए ।
कोरोना संक्रमणको त्रासका कारण भएको लकडाउनका कारण मुद्दा फस्र्यौट हुन नसकेको शिवाकोटीले बताए । लकडाउन हुनुपूर्व लक्ष्य भन्दा बढी मुद्दा फस्र्यौट भएकोमा लकडाउनमा मुद्दा फस्र्यौट कम भएको उनले बताए ।

जिल्ला अदालतमा २ वर्ष नाघेका ५ थान मुद्दा बाँकी रहेको अदालतले जनाएको छ । लकडाउनका कारण ती मुद्दा फस्र्यौटमा ढिलाई भएको शिवाकोटीले बताए । यस्तै यस अदालतमा थुनुवा मुद्दा ३३, बालबालिका पक्ष भएका मुद्दा १८ वटा, महिला पीडित भउका मुद्दा २ सय ६७ वटा, जेष्ठ नागरिक पक्ष रहेका मुद्दा २३ थान रहेको अदालतले जनाएको छ ।
अदालतले एक वर्षमा फस्र्यौट गरेका सबै मुद्दाको पूर्ण पाठ समेत तयार गरिसकेको जानकारी दिएको छ । मुद्दा फैसला भएको १ महिना भित्र उक्त मुद्दाको पूर्ण पाठ तयार पार्ने नीति अनुरुप पूर्ण पाठ तयार गरिएको जिल्ला न्यायाधिश शिवाकोटीले बताए ।
फैसला कार्यान्वयनको अवस्था
सिन्धुली जिल्लामा मुद्दाको फैसला कार्यान्वयनमा अदालत सक्रिय बनेको छ । अदालतमा फैसला कार्यान्वयनको लागि ९९ थान निवेदन परेकोमा ४६ थान निवेदन फस्र्यौट गरि कार्यान्वयनमा गएको अदालतले जनाएको छ ।
त्यस्तै कैदको लगत फस्र्यौट, जरिवाना फस्र्यौटमा अदालतले उल्लेख्य प्रगति गरेको जनाएको छ । जिल्ला अदालतमा ४ सय ८५ जनाको १ हजार २ सय ६४ वर्ष १० महिना १२ दिन कैदको लगत रहेकोमा यो वर्ष १ सय ८२ वर्ष ७ महिना कैद फस्र्यौट गरिएको छ । २०११ साल देखिका कैदको लगत रहेको अदालतमा ४४.७३ प्रतिशत बार्षिक लक्ष्य अनुसारको प्रगति भएको छ । अदालतले कैद तर्फ ४०८ वर्ष १ महिना २६ दिन कैद फस्र्यौट गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा अदालतले कैद भुक्तान र जरिवाना असुल उपरका लागि सम्बन्धित कार्यालयहरुमा पत्राचार गरि काम गरेको थियो । सबै स्थानीय तह, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगाएतका कार्यालयमा पत्राचार गरि असुल उपर गर्न मद्दत लिएको थियो । काम काज रोक्न गरिएको पत्राचारका कारण कैद तथा जरिवाना असुल उपर गर्न सहज भएको अदालतले जनाएको छ ।
लकडाउनमा के ग¥यो अदालतले ?
सिन्धुली जिल्ला अदालतले लकडाउनमा समेत अत्यन्त जरुरी काम गरिरहेको छ । मुद्दाको फस्र्यौटमा लकडाउनले असर गरे पनि केहि आपतकालिन काम भने ग¥यो । यो अवधिमा अदालतले ४६ वटा अभियोग पत्र दर्ता ग¥यो । जसमा ५३ जनाको बयान लियो । ६ वटा मुद्दाका फरारी बाहेक ४० वटा मुद्दामा थुनछेक बहस ग¥यो । ९८ थान म्याद थप ग¥यो । १७ वटा पक्राउ पूर्जि जारी ग¥यो भने २० वटा पक्राउ पूर्जीमा समर्थन जनायो । सिडिआर अनुमति १५ वटा दियो ।





















