सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटले पनि खुर्कोट बजार तथा विपी राजमार्गमा मास्क खै अभियान थालेको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले मास्क खै अभियान सुरु गरेको हो ।

१५, १६ जनाको टोलीले माईकिङ गर्दै मास्क नलगाई हिड्ने ३ सय जनालाई मास्क समेत वितरण गरिएको छ । सर्वसाधारणले मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न छोडेकाले सचेत बनाउन मास्क वितरण गरिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।




















