सिन्धुली । सुनकोशी गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहल रामटारमा गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।
गाउँपालिकाले कोभिड १९ नियन्त्रण तथा रोकथामलाई मध्ये नजगर गरि र पोष्टमार्टमलाई समेत ध्यान दिई पन्ध्र शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने नीति ल्याएको छ । जसमा दक्ष चिकित्सकको समेत व्यवस्था गरिने छ ।

गाउँपालिकाले अनाथ बालबालिका र पालनपोषण गर्ने कोहि नभएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा, सबै स्वास्थ्य संस्थामा निशुल्क औषधिको व्यवस्था, आवश्यकता अनुसार स्वास्थ्य संस्था थप गर्ने, सुनकोशी गाउँपालिका भित्रका गर्भवति महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुने व्यवस्था मिलाउन ‘सुरक्षित मातृत्व, सुनकोशी गाउँपालिकाको दायित्व’ को नारालाई अबलम्बन गरेको छ ।

गाउँपालिकाले सडक निर्माण, शिक्षा, युवा तथा खेलकुद नीति, सहकारी नीति लगाएतका नीति सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट भने बुधबार सार्वजनिक गर्ने भएको छ ।





















