• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

नौ वटा स्थानीय तहको बजेट : सञ्चार समेटिएन, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकास मुख्य प्राथमिकतामा

बिमला पाण्डे by बिमला पाण्डे
असार ९, २०७७
in Business, Featured, Province 3
0

Share via:

103 Shares
  • Facebook 103
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका सबै स्थानीय तहले आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउने भएका छन । उनीहरुले बजेट तथा नीति कार्यक्रमका सबै तयारी पूरा गरिएको जनाएका छन ।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाले बजेट ल्याउने तयारी गरेका हुन । सबै स्थानीय तहले बुधबार अर्थात असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका छन । गतवर्ष जस्तै स्थानीय सरकारको प्राथमिकतामा सञ्चार क्षेत्र भने पर्न सकेको छैन । सञ्चारको विकास र संरक्षणमा कुनै पनि स्थानीय तहले नीति, कार्यक्रम तथा बजेटमा समेटेका छैनन ।
वस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूह लगाएत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा बजेट निर्माण गरिएको स्थानीय सरकारहरुले जनाएका छन । उनीहरुले महिला, दलित, जनजाती, अपांगता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई समेत बजेटमा समेटेका छन तथापी सञ्चार क्षेत्रसँग भने समन्वय नै गरिएको छैन । सञ्चारमा कुनै पनि नीति कार्यक्रम नबनाईएको र बजेट विनियोजन नगरिएको सबै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुले जनाएका छन ।

गत वर्षहरुका बजेट तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा जोड दिएका स्थानीय सरकारले यस पटकको बजेटमा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिई बजेट ल्याउने तयारीमा रहेका छन । कोरोना संक्रमण तथा व्यवस्थापन र उपचारमा स्वास्थ्यको बजेट केन्द्रीत हुने गरि नीति तथा कार्यक्रम तय गरेका छन । त्यस्तै रोजगारी, कृषि, पशुपालन, शिक्षा लगाएतका क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन ।
जिल्लाका स्थानीय तहले कृषि, रोजगारी, स्वास्थ्य, विकास निर्माण, शिक्षामा लक्षित गरि बजेट ल्याउने तयारी गरिरहेका छन । कमलामाई नगरपालिकाले करिब १ अर्व चालिस लाख माथिको बजेट ल्याउने तयारी गरेको नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले बताएकी छिन । उनले जनाए अनुसार कमलामाई नगरपालिकाले स्वास्थ्य, कृषि, रोजगारी, शिक्षा, सहकारी र विकास निर्माणलाई लक्षित गरि बजेट विनियोजन गरेको छ । नगरपालिकाले लक्षित समूहमा पनि बजेट गरेको जनाएको छ । तथापी नगरपालिकाको नीति कार्यक्रमले सञ्चार क्षेत्रलाई समेट्न सकेको छैन ।
यस्तै दुधौली नगरपालिकाले स्वास्थ्य, कोभिड नियन्त्रण, रोकथाम तथा उपचार, पशु विकास, कृषि, रोजगार मूलक, पूर्वाधार विकास, शिक्षा, लक्षित वर्गका लागि बजेट विनियोजन गरिएको मेयर घनश्याम राउतले बताएका छन । राउतका अनुसार नगरपालिकाले १ अर्ब बढीको बजेट विनियोजन गरि बजेट ल्याउने तयारी गरेको छ । उक्त नगरपालिकाले पनि सञ्चारमा कुनै पनि कार्यक्रम तय गरेको छैन ।
यस्तै फिक्कल गाउँपालिका सिन्धुलीले स्वास्थ्य, कृषि, रोजगारमूलक कार्यक्रम, शिक्षा, पूर्वाधार विकासलाई लक्षित गरि कार्यक्रम तय गरिएको छ । गाउँपालिकाले करिब ३६ करोड बजेट विनियोजन गरि नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताएकी छिन । उनका अनुसार गत वर्षमा गाउँपालिकाले रेडियो सञ्चालन नीति बनाएको भए पनि त्यो कार्यान्वयन नभएको र यस वर्ष सञ्चारमा कुनै नीति कार्यक्रम तय गरिएको छैन । तथापी सरकारले तोकको लक्षित समूहहरुलाई भने बजेट विनियोजन गरिएको छ ।
यस्तै हरिहरपुरगढी गाउँपालिकाले करिब ४५ करोडको बजेट ल्याउने तयारी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कार्साङ लामाका अनुसार गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, पशुपालन, रोजगारी र विकास निर्माणलाई प्राथमिकता दिएको छ । उत्पादन र रोजगारीलाई जोड दिई बजेट ल्याउने तयारी भएको उनले बताए ।
सुनकोशी गाउँपालिका सिन्धुलीले ४२ करोडको हाराहारीमा बजेट ल्याएको छ । मंगलबार नै उक्त बजेट प्रस्तुत भएको छ । गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा बजेटमा कृषि, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारलाई प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष दिर्व सिंह मोक्तानले बताए । उनका अनुसार सञ्चार नीतिका रुपमा सार्वजनिक सुनुवाईलाई लिएको छ । तथापी पत्रकारिता र सञ्चारमाध्यम लक्षित कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन ।
यस्तै तिनपाटन गाउँपालिका सिन्धुलीले ६२ करोडको बजेट विनियोजन गरेको छ । असार १० गते गाउँसभामा पेश हुने बजेटको प्राथमिकता कोरोना भाइरस रोकथाम, उपचारलाई राखि स्वास्थ्यमा बजेट विनियोजन गरिएको छ । यस्तै कृषि, रोजगार, पूर्वाधार विकास, शिक्षा लगाएतका क्षेत्रलाई उच्च प्राथमिकता दिईएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापाले बताए । उनले उक्त बजेटमा सञ्चार क्षेत्रको कुनै पनि कार्यक्रम राखिएको छैन ।
यस्तै घ्याङलेख गाउँपालिका सिन्धुलीले २५ करोडको हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाको मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि, दिगो पूर्वाधार विकास रहेको छ । यो गाउँपालिकाले पनि लक्षित समुदायलाई केहि कार्यक्रममा समेट्ने प्रयास गरेको छ । तथापी सञ्चारमा भने कुनै पनि कार्यक्रम नबनाईएको उपाध्यक्ष दुर्गादेवी सुनुवारले बताईन ।
मरिण गाउँपालिकाले २७ करोड नजिक बजेट ल्याउन थालेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए । उनका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । उक्त बजेटमा पनि सञ्चार तथा मिडियालाई लाभ हुने कुनै पनि कार्यक्रम बनाईएको छैन । बम्जनले जनाए अनुसार मिडिया तथा छुटेका अन्य विषयलाई विविध शिर्षकको बजेटबाट सम्बोधन गर्न सकिने आधार भने रहन्छ । गोलञ्जोर गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, पशुपालन, पूर्वाधार विकासको लागि प्राथमिकतामा राखि बजेट विनियोजन गरिन थालेको जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

कोरोना जितेर फर्के सिन्धुलीका तीन युवा, फूलमालाले विदाई ग¥यो सिन्धुली अस्पतालले

Next Post

सुनकोशी गाउँपालिकाको नीति तथा कार्यक्रम : कोभिड १९ लाई लक्षित गरि पन्ध्र शैयाको अस्पताल सञ्चालन गरिने

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied