सिन्धुली । सिन्धुलीका ९२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । आरटिपिसिआर विधिबाट किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्लाको तिनपाटन गाउँपालिका र दुधौली नगरपालिकाबाट परिक्षणका लागि पठाईएका ९२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले औपचारिक जानकारी दिएको छ ।

उनीहरुसँगै पठाईएका अन्य ८ जनाको रिपोर्ट भने आएको छैन । यो सँगै सिन्धुलीबाट परिक्षणका लागि पठाईएका ४ सय ७५ नमुनामध्ये ८ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको छ । परिगण गरिएका मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अन्य ४ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको शाहले जानकारी दिए ।
यस्तै जिल्लामा १ हजार एक सय ५७ जनाको आरडिटी विधिबाट स्वास्थ्य परिक्षण गरिएको छ । उक्त विधिबाट ३ सय १८ जना महिला र ८ सय ३८ जना पुरुषको परिक्षण गरिएको हो । यस्तै जिल्लाका विभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या १ सय १७ रहेको छ भने क्वारेन्टाईनबाट डब्लुएचओको मापदण्ड पुरा गरि ३ सय ४ जना फिर्ता भएका छन । सिन्धुलीमा बैशाख देखि भारतबाट आउनेको संख्या ५ सय ५१ ज्ना पुगेको छ ।




















