सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले जिल्लाका स्वास्थ्य सेवा प्रदायक निकायहरु, सुरक्षा निकायहरु लगाएतलाई काम गर्न सहज होस भन्ने उद्देश्यले एकसय थान गर्मल गन वितरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबारको बैठकको निर्णय अनुसार रेडक्रसले इन्फ्राइरेड थर्मोमिटर गन हस्तान्तरण गरेको हो ।
सिन्धुली समाज दक्षिण कोरियामा आवद्ध रहेको युवाहरुबाट आर्थिक सहयोग जुटाई सिन्धुली जिल्लाको स्वास्थ्य सेवा प्रदायक निकायहरु, सुरक्षा निकायहरुमा काम गर्न सहज होस् भनि उपलब्ध गराईएको थर्मल गन वितरण गरिएको रेडक्रसका सभापति अशोक श्रेष्ठले बताए ।
उनका अनुसार ९ वटा स्थानीय तहलाई ७÷७ वटाका दरले थर्मल गन उपलब्ध गराईएको छ । त्यस्तै सिन्धुली अस्पताललाई ५, जिल्ला प्रशासन कार्यालयलाई २, जिल्ला प्रहरी कार्यालयलाई ४, जिल्ला समन्वय समिति सिन्धुलीलाई १, वर्द बहादुर गणलाई २, सशस्त्र प्रहरीलाई २, स्वास्थ्य कार्यालय सिन्धुलीलाई २, सामुदायिक आँखा अस्पताललाई २, रक्तसञ्चार सेवा सिन्धुलीलाई २, नेपाल पत्रकार महासंघ सिन्धुलीलाई १, निर्माण व्यवसायी संघलाई १, उद्योग वाणिज्य संघलाई १ र नेपाल रेडक्रस सोसाईटीलाई १२ वटा थर्मल गन उपलब्ध गराईएको छ ।
विश्वमा फैलिएको महामारी कोभिड १९ का कारण जिल्लाको स्वास्थ्य सेवा प्रदायक निकायहरुमा सेवा प्रवाहका लागि जिल्लाका ९ वटै स्थानिय तह अन्तर्गत रहेका स्वास्थ्य केन्द्रहरुका लागि पालिका÷प्रमुखहरु र प्रतिनिधिहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताएका छन ।
सिन्धुली समाज दक्षिण कोरियामा रहेर आवद्ध युवाहरुले आफ्नो गृह जिल्लामा सहयोग पु¥याउनका लागि समाजका संरक्षक विज्ञान लामाले समन्वय गरेका थिए ।




















