सिन्धुली । जिल्लामा कोभिड १९ नियन्त्रणका लागि कोष स्थापना गरिने भएको छ । कोभिड १९ उपचार, व्यवस्थापन तथा नियन्त्रणका लागि आवश्यक पर्ने कोषलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्ने गरि जिल्ला समन्वय समिति मातहतमा रहने गरि जिल्ला स्तरको कोष स्थापना गर्ने निर्णय गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीकोे शुक्रबार सिन्धुलीमाढीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त कोष स्थापना गरि सबै स्थानीय सरकार, गैह्र सरकारी संघसंस्था लगाएतले उक्त कोषमा रकम जम्मा गर्ने गरि कोष निर्माण स्थापना गर्ने निर्णय गरिएको हो ।
आपतकालिन अवस्थामा कोष परिचालन र व्यवस्थापनमा सहजता ल्याउन उक्त कोष निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । उक्त कोषमा स्थानीय तह, सरकारी निकाय, गैह्रसरकारी संघसंस्था तथा व्यक्तिले उक्त कोषमा सहयोग गर्न सक्ने छन ।




















