सिन्धुली । जिल्लामा पिसिआर परिक्षणका लागि काठमान्डौ पठाईएका ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी विधिबाट गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएका ३ जनाको थ्रोट स्वाव संकलन गरि आरटिपिसिआर विधिबाट कोरोना जाँच गर्न पठाईएको थियो ।
दुई दिनअघि कमलामाई नगरपालिका वडा नं. १४ का २३ बर्षको पुरुष, सुनकोशी गाउँपालिका वडा नं. ३ का २० बर्षकी महिला , सुनकोशी गाउँपालिका वडा नं. २ का २० बर्षको पुरुषको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ ।
यो सँगै सिन्धुलीमा एक सय जनाको आरटिपिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न जंग राजभण्डारीले बताए ।
हालसम्म सिन्धुलीमा एक हजार ५१ जनाको आरडिटी विधिबाट एन्टीवडि परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये ३३ जनाको एन्टीवडि पोजेटिभ आएको थियो । एन्टीवडि पोजेटिभ सहित १ सय जनाको हालसम्म पिसिआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताएका छन ।



















