सिन्धुली । जिल्लामा भारतबाट आएका नागरिकको थ्रोट स्वाव संकलन सुरु गरिएको छ । भारतबाट आई विभिन्न क्वारेन्टाईनमा बसेका नागरिकको स्वाव संकलन गर्न थालिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

नगरपालिकाले भिटिएम किट्सको जोहो गरेपछि स्वास संकलन सुरु गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
सोमबार कमलामाई नगरपालिकाका ९ र वडा नं. ६ मा रहेको क्वारेन्टाईनमा बसेका नागरिकको स्वाव संकलन गरिने र सबैको स्वाव एकै पटक परिक्षणका लागि पठाईने भएको शाहले जानकारी दिएका छन । नगरपालिकामा भारतबाट आएका १ सय ११ जना क्वारेन्टाईनमा रहेका छन ।



















