सिन्धुली । सिन्धुली अस्पतालले विहिबार ३ जनाको थ्रोट स्वाव संकलन गरि परिक्षणका लागि काठमान्डौमा पठाएको छ । आरडिटी परिक्षणमा एन्टीवडि पोजेटिभ देखिएका उनीहरुको स्वाव संकलन गरि आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाईएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताएका छन ।

यसैबीच सिन्धुली अस्पतालको आइसोलेसनमा भने हाल कुनै विरामी छैनन भने जिल्लाका अन्य प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा पनि स्थापना भएका आईसोलेसन खाली छन ।
यस्तै जिल्लामा हाल २ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन । जिल्लामा रहेका ३०४ जना क्षमताका क्वारेन्टाईनमा अब थप मानिस राख्न भने समस्या हुने भएको छ ।




















