सिन्धुली । जिल्लामा लकडाउनको अवधिमा २८ हजार ८ सय ४४ परिवारले राहत पाएका छन । जिल्लाका ८ वटा स्थानीय तहले विपन्न, मजदुरहरुलाई उक्त राहत वितरण गरिएको हो । जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीले दिएको जानकारी अनुसार जिल्लामा तिनपाटन गाउँपालिका बाहेक सबै स्थानीय तहले राहत वितरण गरेका छन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार स्थानीय तहहरुको सक्रियतामा उक्त राहत वितरण भएको हो । जसमा सबैभन्दा बढी कमलामाई नगरपालिकाले राहत वितरण गरेको छ ।
कमलामाईले ८ हजार ५२ परिवारलाई राहत वितरण गरेको हो । यस्तै दुधौली नगरपालिकाले ७ हजार ९९, गोलञ्जोर गाउँपालिकाले २ हजार ५०१, फिक्कल गाउँपालिकाले १ हजार ४ सय ४८, मरिण गाउँपालिकाले ६ हजार १ सय १, सुनकोशी २ हजार ७०, हरिहरपुरगढी गाउँपालिकाले ८ सय ६७ र घ्याङलेख गाउँपालिकाले ७ सय ६ परिवारलाई राहत वितरण गरेका हुन ।




















