सिन्धुली । भारतबाट आउनेको संख्या थपिन थालेपछि जिल्लामा क्वारेन्टाईन पनि थपिन थालेका छन । जिल्लाका २ वटा नगरपालिकाले ६० वेडबाट बढाएर एक सय एक सय वेडको क्वारेन्टाईन व्यवस्थापन गरेका छन ।

उनका अनुसार हाल क्वारेन्टाईनमा २ सय ७ जना रहेका छन । जिल्लामा हालसम्म ३ सय ४० जनालाई क्वारेन्टाईनमा राखिएकोमा १ सय ३३ जना डिस्चार्ज भएका छन । उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरि डिस्चार्ज भएका हुन ।
जिल्लामा करिब डेढ महिनाको अवधिमा जिल्लामा भारतबाट २ सय ७ जना आएको पनि न्यौपानेले बताए । उनका अनुसार क्वारेन्टाईनमा बस्ने पनि अधिकांश भारतबाट आएका नागरिकहरु रहेका छन । जसमध्ये कमलामाई नगरपालिकामा १ सय ११ जना, दुधौली नगरपालिकामा ७५, गोलञ्जोर गाउँपालिकामा ६, मरिण गाउँपालिकामा ५, तिनपाटन र हरिहरपुरगढी गाउँपालिकामा ३÷३, फिक्कल र घ्याङलख गाउँपालिकामा १÷१ गरि २ सय ७ जना आएको न्यौपानेले जानकारी दिए ।
त्यस अघि जिल्लामा भारतबाट १ सय ६ जना र अन्य देशबाट १ सय १ जना गरि २ सय ७ जना आएका थिए । उनका अनुसार जिल्लामा भारतबाट कति नागरिक भित्रिदै छन भन्ने एकीन तथ्यांक भने छैन ।




















