सिन्धुली । लकडाउनका कारण रोकिएका दुधौली नगरपालिकाका २ वटा सिंचाई आयोजनाको काम पुनः सुरु भएको छ । निपाने सिंचाई आयोजना र हर्षाहि सिंचाई आयोजनाको काम सुरु भएको हो ।
दुधौली नगरपालिकाको वडा नं. ३ मा रहेका जमिनमा सिंचाई सुविधा पु¥याउन सुरु गरिएको निपाने सिंचाई आयोजना र वडा नं. ६ मा सिंचाई सुविधा पु¥याउने गरि सञ्चालन भएको हर्षाहि सिंचाई आयोजनाको काम सुरु भएको हो ।

निपाने सिंचाई आयोजना २०७७ असोज २३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ भने ६ करोड ८२ लाख ५१ ह्जार ४७७ रुपैंया लागतमा निर्माण भईरहेको छ । निर्माण सम्पन्न हुदा साढे पाँचसय विघा जमिन यो आयोजनाले सिंचाई गर्ने छ । यस्तै हर्षाहि सिंचाई आयोजना ९ करोड ५५ लाख ७८ हजार ३ सय ८८ रुपैंया लागतमा निर्माण भईरहेको छ ।
उक्त आयोजना २०७७ चैत २६ गतेसम्म काम सक्नुपर्ने छ । यो आयोजनाले एक हजार विघा जमिन सिंचाई गर्ने लक्ष्य राखिएको छ । दुवै आयोजनाबाट झण्डै १ हजार ५ सय घरधुरी लाभान्वित हुने छन ।



















