
सिन्धुली । आरडिटी परिक्षणमा नतिजा पोजेटिभ आउन थालेपछि सदरमुकामका मंगलबार सबै बजारहरु सुनसान हुन थालेका छन ।
सिन्धुलीमाढीमा नागरिकको आवतजावत कम भएको छ भने विहान साँझ सडकमा निस्केर भिडभाड गर्ने नागरिकहरु घरभित्रै बस्न थालेका छन ।
सदरमुकामका सिन्धुलीमाढी बजार, धुराबजार, माझीटार, ढुंग्रेवास, राममाढी लगाएतका बजार क्षेत्रहरुमा विगतका दिनमा भन्दा पनि सुनसान देखिएको र सवारी साधनको आवागमन समेत कम भएको पाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन ।



















