सिन्धुली । सुनकोशी नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई युवाको शव मंगलबार भेटिएको छ । उनीहरुको शव फिक्कल गाउँपालिका वडा नं. ५ को नारिम खोलाको दोभानमा एक जना र सोहि वडाको पञ्चकन्यामा सुनकोशी नदि किनारमा अर्का युवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
१९ वर्षिय दिनेश बुढा क्षत्रीको शव नारिम खोलाको दोभानमा भेटिएको थियो भने २० वर्षिय जनक बुढा क्षेत्रीको शव पञ्चकन्या स्थित सुनकोशी नदिको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताएका छन ।
एनका अनुसार आइतबार उनीहरुलाई फिक्कल गाउँपालिका वडा नं. ४ को कुईभिरबाट सुनकोशीमा पौडी खेल्ने क्रममा नदिले बगाएर वेपत्ता बनाएको थियो । उनीहरु दुवैजना सुर्खेतको पञ्चकोटी नगरपालिका वडा नं. ७ घर भई फिक्कल गाउँपालिकाको खाङसाङमा काठको मिस्त्रिको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ ।




















