सिन्धुली । नेपाली सेनाले सिन्धुलीमाढीमा कोभिड १९ सम्बन्धि मृत शरीर व्यवस्थापनको कृतिम घटना अभ्यास गरेको छ । मध्य पूर्वी पृतना र वर्दबहादुर गणको समन्वयमा उक्त अभ्यास गरिएको हो ।
अभ्यासमा पिपिई कसरी र कस कसले प्रयोग गर्ने, शंकास्पद विरामीलाई कसरी अस्पताल सम्म पु¥याउने, मृत शरीरको व्यवस्थापन कसरी गर्ने र सवारी साधन र मृत शरीर व्यवस्थापनमा काम गर्ने व्यक्तिलाई कसरी सुरक्षित गर्ने ? भन्ने विषयमा कृतिम घटना अभ्यास गरिएको थियो ।
Advertisement. Scroll to continue reading.
उक्त घटना अभ्यासमा प्रदेश सांसदहरु राजन दाहाल, विनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे सहित सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरु, स्वास्थ्यककर्मीहरु, रेडक्रसकर्मीहरु, पत्रकारहरु तथा अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।
उक्त अभ्यास कसरी विपदमा काम गर्ने भन्ने सन्देश दिनका लागि आयोजना गरिएको वर्द बहादुर गणले जनाएको छ ।