सिन्धुली । शुक्रबार दिउँसो चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका २ श्रीपुरमा दिउँसो परेको चट्याङका कारण सोहि स्थानका ३० वर्षिय पुरुषोत्तम राईको मृत्यु भएको हो ।

उनको शव सोहि पोलिक्लिनिकमा रहेको र सिन्धुली अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुललीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले बताईन । सिग्देलका अनुसार मृतक राईको टाउको जलेको छ । उनले बोकेको मोबाइल समेत जलेर नष्ट भएको छ ।




















