सिन्धुली । दुधौली नगरपालिकाले आफ्नो नगर क्षेत्रका बजारको अनुगमन गरेको छ । शुक्रबार दुधौली नगरपालिकाका उपमेयर बालकुमारी दनुवारको नेतृत्वमा दुधौली बजारका अत्यावश्यक पसलहरुको अनुगमन गरिएको हो ।

लकडाउनमा संकटको फाईदा उठाएर महंगोमा सामान विक्री गरेको र म्याद गुज्रेको सामान विक्री भईरहेको गुनासो आए पछि नगरपालिकाले अनुगमन गरेको हो ।
शुक्रबार अनुगमन टोलीले दुधौली बजारका १५ वटा भन्दा बढी पसलमा अनुगमन गरेको छ । प्रहरी, उपभोक्ता संरक्षण मञ्च, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु, कर्मचारी लगाएतको उपस्थितिमा गरिएको अनुगमनमा म्याद नाघेका सामग्री जफत गरिएको दनुवारले बताईन ।




















