सिन्धुली । कमलामाई नगरपालिकाले निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन सुर गरेको छ । नगरपालिकाको अनुगमन समितिले बुधबारदेखि अनुगमन सुरु गरेको हो । नगरपालिकाको आन्तरिक तथा अनुदान बजेटबाट सम्पन्न भएका योजनाको अनुगमन सुरु गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

उपमेयर मञ्जु देवकोटा र प्राविधिक टोलीले योजनाको अनुगमन थालेको हो । नगरपालिकाले बुधबार नगरपालिकाका वडा नं. ४, ५ र ६ मा निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गरिएको छ । खानेपानी, सामुदायिक भवन, पर्खाल लगाएतका योजनाहरु अनुगमन गरिएको छ । अनुगमन गरिएका योजनाको फरफारकको काम अगाडि बढाइने उपमेयर देवकोटाले बताईन ।




















