सिन्धुली । नेपाली कांग्रेस फिक्कलले फिक्कल गाउँपालिकालाई कोभिड १९ को संक्रमण रोकथाम, राहत र आफ्ना नागरिकको स्वास्थ्य प्रति गम्भिर रहन माग गर्दै बुधबार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेसले गाउँपालिकासँग असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरु तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत दिन, गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि, पिपिई लगाएतका स्वास्थ्य सामग्रीको व्यवस्था गरि स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन, जिल्ला बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाईनमा राख्न माग गरेको छ ।
नेपाली कांग्रेसका सचिव घनश्याम पहाडीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राहतलाई पारदर्शी बनाउन सर्वपक्षिय समिति बनाउन र नागरिकको स्वास्थ्यमा ध्यान दिन माग गरिएको छ ।




















