सिन्धुली । फिक्कल गाउँपालिकाले गाउँपालिकाको वडा नं. ४ मा बसोबास गर्ने माझी समुदाय र अन्य असंगठित मजदुर र विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
गाउँ पालिकाको खाद्यान्न बैकबाट उक्त वडाका ३६ परिवारलाई बुधबार राहत वितरण गरेको फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताईन ।
उनका अनुसार गाउँपालिकाले प्रति परिवार ३० केजी चामल, २ केजी नुन, २ केजी दाल, २ केजी चिनी, १ लिटर तेल र १ थान साबुन वितरण गरेको हो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















