
बुधबार कमलामाई नगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षतामा बैठक बसी विहिबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
बैठकले परीक्षाको नतिजा कमलामाई नगरपालिकाको आधिकारिक फेसवुक पेज र बेभसाईटबाट प्रकाशन गरिने नगरपालिकाले जनाएको छ । विद्यार्थीहरुले नतिजा आफ्नो विद्यालयबाट समेत हेर्न र लिन सक्ने भएका छन ।




















