सिन्धुली । कमलामाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिल्लामा रहेका विभिन्न गैरसरकारी संस्थाले ५५ हजार सहयोग गरेका छन ।
कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थापना भएको उक्त कोषमा सामुहिक सरोकार समाज सिन्धुलीले २० हजार, श्री सिन्धुलीले २० हजार, र जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले १५ हजार रुपैंया सहयोग गरेका हुन ।
संस्थाका प्रतिनिधिहरु सामुहिक सरोकार समाज सिन्धुलीका नवराज पहाडी, श्री सिन्धुलीका अध्यक्ष सञ्जय दाहाल र जनजाती समाज विकास कार्यक्रम सिन्धुलीका सुष्पा भुजेलले कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग खत्रीलाई उक्त रकम सहयोग हस्तान्तरण गरेका छन ।





















