सिन्धुली । सिन्धुलीमा ¥यापिड डाइग्नोस्टिक किट्स मार्फत ३५२ जनाको एन्टीवडि जाँच गरिएको छ । कोरोना संक्रमणको अवस्था पत्ता लगाउन जिल्लामा उक्त प्रविधि मार्फत स्वास्थ्य परिक्षणलाई तिव्रता दिएको छ ।
हालसम्म जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । गत आइतबारदेखि सिन्धुलीमा उक्त विधिबाट कोरोना परिक्षण गरिएको हो ।
परिक्षणका क्रममा आइतबार कमलामाई नगरपालिकाको वडा नं. ६, ९ र १३ का ७६ जनाको आरडिटि परिक्षण गरिएको छ । उक्त परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
सिन्धुली अस्पताल र स्थानीय सरकारसँगको सहकार्यमा कार्यालयले आरडिटी परिक्षणलाई तिव्रता दिएको छ । कमलामाई नगरपालिकाको वडा नं. ६ शिवनगरमा ३९ जना, वडा नं. ९ को भिमानमा २५ जना, सिन्धुली अस्पतालमा १ जना र वडा नं. १३ मा ११ जनाको स्वास्थ्य परिक्षण गरिएको शाहले जानकारी दिए ।





















