सिन्धुली । कमलामाई नगरपालिकाको क्वारेन्टाईन स्थल वडा नं. ६ शिवनगरमा आइतबार ३९ जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट मार्फत स्वास्थ्य परिक्षण गरिएको छ ।
धार्मिक क्षेत्रहरुमा स्थानीय प्रशासनले निगरानी बढाएसँगै सिन्धुलीका मुस्लिम समुदायका नागरिकको स्वास्थ्य परिक्षण सुरु गरिएको हो । उदयपुरमा कोरोना संक्रमण देखिएका मुस्लिम धार्मिक समुदायसँग सप्तरीको राजविराजमा सिन्धुलीका ३० जना व्यक्ति पुगेको सूचना आएपछि प्रहरीले निगरानी बढाएसँगै ती समुदायका नागरिकलाई ¥यापटि टेष्ट थालेको हो । उक्त समुदायका २९ जनाको आइतबार स्वास्थ्य परिक्षण गरिएको छ । उनीहरुको एन्टीवडि नेगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ ।
यस्तै विभिन्न मुद्दामा पक्राउ परि प्रहरीको हिरासतमा रहेका ७ जना र कमलामाई नगरपालिका वडा नं. ६ को क्वारेन्टाईनमा राखिएका ३ जनाको पनि ¥यापिट टेष्ट मार्फत स्वास्थ्य परिक्षण गरिएको छ । उनीहरुको पनि एन्टीवडी रिजल्ट नेगेटिभ आएको छ ।
सिन्धुली अस्पतालको प्राविधिक सहयोगमा गरिएको एन्टीवडी जाँचमा सबैको नतिजा नेगेटिभ आएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
उनका अनुसार मुस्लिम समुदायका १० जनाको ¥यापिट टेष्ट सोमबार गरिने भएको छ ।





















