सिन्धुली । विहिबार कमलामाई नगरपालिका सिन्धुलीले १६८ जनाको स्वास्थ्य परिक्षण गरेको छ । नगरपालिका मातहतका १५ वटा स्वास्थ्य संस्थामा ती विरामीको स्वाथ्य परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम तथा सचेतना सम्बन्धि गरेका कामको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा दैनिक स्वास्थ्य जाँचको प्रतिवेदन सार्वजनिक गर्न थालेको हो ।




















