सिन्धुली । कमलामाई नगरपालिकाले विहिबार वडा नं. ११ र १२ मा राहत वितरण गरेको छ । वडाको सिफारिसमा आएका विपन्न, अतिगरिब र मजदुरको नामलाई नगर कार्यपालिकाबाट स्वीकृत गरि नगरपालिकाले २११ जनालाई राहत वितरण गरेको हो ।
कमलामाई नगरपालिकाले वडा नं. ११ मा १०१ र वडा नं. १२ मा ११० परिवार गरि २११ परिवारलाई राहत वितरण गरेको छ ।
कमलामाई नगरपालिकाले वडाध्यक्ष ललित बहादुर आलेको संयोजनमा वडा नं. १२ मा र वडाध्यक्ष रामबहादुर थिङको संयोजनमा वडा नं. ११ मा राहत वितरण गरिएको जनाएको छ ।
सरकारको मापदण्ड र नगरपालिकाले बनाएको मापदण्डलाई अनुशरण गर्दै राहत वितरण गरिएको नगरपालिकाका मेयर खड्ग खत्रीले बताए ।




















