सिन्धुली । तिनपाटन गाउँपालिकामा विदेशबाट आएका ५० जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट मार्फत कोरोना जाँच गरिएको छ ।
विहिबार स्वास्थ्य कार्यालय सिन्धुलीको नेतृत्वमा गएको विशेष टोलीले स्वास्थ्य परिक्षण गरेको हो ।
परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
उनका अनुसार हालसम्म सिन्धुलीमा १७३ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्टमार्फत कोरोना जाँच गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लामा पहिलो चरणमा विदेशबाट आएका २०७ जनाको स्वास्थ्य परिक्षण गर्न आइतबारदेखि सुरु गरिएको हो ।
यस्तै जिल्ला बाहिरबाट सिन्धुली भित्रिएका र शंकास्पद व्यक्तिको समेत कोेरोना जाँच गरिने भएको छ ।





















