सिन्धुली । कमलामाई नगरपालिका ४ ढुङ्ग्रेबासका जयराम दासले सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खाद्यान्न सहयोग गरेका छन ।
विहिबार अस्पतालमा पुगि उक्त सहयोग अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई हस्तान्तरण गरेका हुन । दासले २ बोरा रोयल बास्मती चामल (५० केजी), चिउरा १० केजी, रहरी दाल ५ केजी धारा तेल एक कार्टुन सहयोग गरेका हुन ।
सिन्धुली अस्पतालका २२ जना स्वास्थ्यकर्मीहरुलाई कोठामा बस्न समस्या भए पछि कोरोना उपचार अवधिका लागि अस्पतालमै बस्ने खाने व्यवस्था मिलाइएको छ । अस्पताल विकास समितिले नै बस्ने खाने व्यवस्था गर्दै आएको थियो ।
स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न खाद्यान्न सहयोग गरेकोमा अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले दासलाई धन्यावाद दिएका छन ।





















