सिन्धुली । सिन्धुलीमा बुधबार थप ३८ जनाको ¥यापिड टेष्ट मार्फत कोरोना परिक्षण भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिकाका २५ जना, तिनपाटन गाउँपालिकाका २ जना र हरिहरपुरगढी गाउँपालिकाका ११ जनाको कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
उनका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म सिन्धुलीमा १२३ जनाको ¥यापिड टेष्ट किट्स मार्फत कोरोना परिक्षण गरि सकिएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















