सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निषेधाज्ञा थप गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि सरकारले लक डाउनको समय थप गरेपछि प्रशासनले निशेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले बुधबार सूचना जारी गरि बुधवार राती १२ बजेदेखी २०७७ साल बैशाख १५ गते राती १२ बजेसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा आदेश थप गरिएको जनाएका हुन ।
जारी सूचनामा आदेशको उलंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।
प्रशासनले जारी गरेको सूचनामा निशेधाज्ञा जारी भएको समयमा औषधी उपचार, खाद्य बस्तु खरिद, जस्ता अत्यावसेक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, स्वास्थ्यकर्मी, सूरक्षा निकायले प्रयोग गर्ने बाहेक कुनैपनि प्रकारका सार्वजनिक वा निजि यात्रुबहाक सवारी साधन सञ्चालन गर्न नपाईने उल्लेख गरिएको छ ।
स्वास्थ्य, सूरक्षा, खाद्यबस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवासंग सम्बन्धित कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिई सेवा सञ्चालन गर्ने, औषधि तथा स्वास्थ्य उपकरण, खाद्यबस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगका कर्मचारी बाहेक निजि क्षेत्रका कर्मचारीहरु घरबाट बाहिर ननिस्कने समेत उल्लेख गरिएको छ ।
अनुमती पत्र लिई व्यवसायिहरुले औषधी र औषधी जन्य सामाग्रिको नियमित आपूर्तीको व्यवस्थागर्ने, घर भाडामा बस्ने कुनै पनि व्यक्ति वा परिवारलार्य सो अवधिभर भाडामा बसेको घरबाट निकाल्न नपाईने र संक्रमण रोग ऐन २०२० अन्र्तगत जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई कानुन बमोजिम सजाय हुने उल्लेख गरिएको छ ।




















