सिन्धुली । सिन्धुलीको कोशेली डेरी उद्योगले स्वास्थ्यकर्मीको मनोवल बढाउन खिर खुवाउनका लागि सिन्धुली अस्पताललाई ४० लिटर दुध निःशुल्क प्रदान गरेको छ ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले सिन्धुली अस्पतालमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीका मनोवल उच्च पार्ने कार्य गरेकोमा कोसेली डेरीलाई धन्यवाद दिए । उनले सानो प्रयत्नले पनि संकटका वेलामा दिन रात नभनी उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई यस्ता कार्यले मनोवल बढाउने उनले बताए ।




















