सिन्धुली । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले बुधबारदेखि जिल्ला प्रवेश गर्ने मुख्य नाका विपी राजमार्ग अन्तर्गत कमलामाई ९ को चुरेमा १० जना शसस्त्र प्रहरीलाई खटाएको छ ।

तराईबाट छिर्ने अन्य नाकामा जनपथ प्रहरी परिचालन गरिएको छ । तराईका जिल्ला लगाएतका अन्य जिल्लाबाट पनि यस नाका हुदै सिन्धुलीमा तरकारी, फलफूल, खाद्यान्न लगाएतका बस्तुको आयात हुने भन्दै त्यस्ता बस्तुलाई रोक लगाउन शसस्त्र प्रहरीको टोली परिचालन गरिएको भट्टराईले बताए ।




















