सिन्धुली । बढ्दो गर्मिसँगै जिल्लाका सामुदायिक वनहरुमा डढेलो लाग्न थालेको छ । तर वन क्षेत्रमा डढेलो लागेको भए पनि जिल्लामा रहेका २ वटा डिभिजन वन कार्यालयहरुसँग कति वटा सामुदायिक वनमा डढेलो लागेको छ र कति क्षति भएको छ भन्ने रेकर्ड समेत छैन ।
दिउँसै नै जिल्ला सदरमुकामबाट वन क्षेत्रमा लागेको डढेलोको मुस्लो देखिने गरेको भएपनि सम्वन्धित कार्यालयसँग तथ्यांक भने नभएको जनाएको छ ।

लक डाउनका कारण मानिसहरु एकै स्थानमा भेला हुन समस्या भएकाले पनि डडेलो नियन्त्रणमा समस्या परेको उनले बताए । वन क्षेत्रमा लागेको डढेलो निभाउन एक दुई जनाको प्रयासले नहुने भएकाले समस्या परेको उनले बताए ।
आगो नियन्त्रणका लागि धेरैको संख्यामा मानिसहरु आवश्यक पर्ने तर धेरै मानिसहरु भेला हुन नेपाल सरकारले रोकेका कारण अहिले डढेलो नियन्त्रणका लागी कठिन भएको उनले बताए । उनका अनुसार ‘कतिपय स्थानमा उपभोक्ता र वनका कर्मचारी मिलेर डढेलो निभाएको र निभाउने प्रयासहरु गरेको भएपनि धेरैको संख्यामा डढेलो देखिएकाले नियन्त्रणमा समस्या भएको छ ।




















