सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा ६४ जनाको कोरोना परिक्षण गरिएको छ । मंगलबार हरिहरपुरगढी र मरिणमा पुगि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले कोरोना परिक्षण गरिएको छ ।

सरकारले भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको कोरोना परिक्षण गर्ने निर्णय पछि सिन्धुलीमा पनि कोरोना परिक्षण सुर गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिकाको समन्वयमा मंगलबार ¥यापिट डाइग्नोस्टिक टेष्ट (दु्रत परिक्षण) मार्फत कोरोना परिक्षण गरिएको हो ।
आइतबारदेखि सिन्धुलीमा ¥यापिट डाइग्नोस्टिक टेष्टमार्फत कोरोना परिक्षण सुरु गरिएको हो । हालसम्म दुधौली नगरपालिकामा १८ जना, सिन्धुली अस्पतालमा आएका शंकास्पद विरामी ३ जना, मरिण गाउँपालिका ३८ जना र हरिहरपुरगढी २६ जना गरि ८५ जनाको स्वास्थ्य परिक्षण गरिसकिएको छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ अर्थात कोरोना संक्रमण नभेटिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।




















