सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले ९८ जनालाई राहत वितरण गरेको छ । सोमबार कमलामाई नगरपालिका वडा नं. १३ को रानीवासका विपन्न, मजदुरहरुलाई राहत वितरण गरेको हो । वडा स्तरीय सर्वपक्षिय बैठकले सिफारिस गरि नगरपालिकाले स्वीकृत गरेका मजदुरहरुलाई नगरपालिकाको समन्वयमा रेडक्रसले राहत वितरण गरेको हो ।

कोभिड १९ नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई राहत स्वरुप सरकारको मापदण्ड बमोजिम पर्न आउने प्याकेज रकम हस्तान्तरण गरिएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
राहत प्याकेज रकम कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले हस्तान्तरण गरेका छन । सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको श्रेष्ठले बताए ।
रेडक्रसले सिन्धुलीका ४ गाउँपालिका र २ वटा नगरपालिकामा ३ हजार परिवारलाई राहत वितरण गर्ने भएको छ । जसको सुरुवात कमलामाई नगरपालिकाबाट गरेको जनाएको छ । प्लानको कार्य क्षेत्र रहेका गाउँपालिकाहरु मरिण, गोलञ्जोर, सुुनकोशी, तिनपाटन र दुधौली नगरपालिका, कमलामाई नगरपालिकामा राहत वितरण गरिने श्रेष्ठले जनाए ।
उनका अनुसार खाद्यान्न राहत प्याकेज स्थानीय तहको स्वीकृतिमा उनीहरुले छनौट गरेका मजदुरहरुलाई वितरण गरिने छ ।




















