सिन्धुली । काठमान्डौबाट विपी राजमार्ग हुदै सिन्धुली, रामेछाप तथा पूर्वी पहाड था तराईका जिल्ला तर्फ जाने यात्रुलाई सुनकोशी गाउँपालिकाले सहयोग गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको नेतृत्वमा यात्रुहरुलाई खाना पानी तथा गाडीको व्यवस्था गरि पठाउने सम्मका काम भईरहेको छ ।

पैदल यात्रीका लागि शनिबार १७ कार्टुन पानी, १९ चाउचाउ कार्टुन र २ कार्टुन बिस्कुट बितरण गरिएको छ । गाउँपालिकाले बर्दिबाससम्मको निःशुल्क गाडी व्यवस्था गरि पठाएको गाउँपालिकाले जनाएको छ ।
जसका लागि रामटारका ओम थापा, मुल्कोटका पुछमान श्रेष्ठ, रातामाटाका सुजन सुर्यवंशी, रातामाटाका बिसु सुर्यवंशी रातमाटा, चन्द्र बहादुर श्रेष्ठ, कृष्ण श्रेष्ठ, गणेशथान दिनेश आरनले पानी, विस्कुट तथा चाउचाउ सहयोग गरेका थिए ।
यसैबीच सिन्धुलीमाढीबाट ३८ जनालाई उद्धार गरि गृह जिल्ला पठाईएको छ । स्थानीय प्रशासनको समन्वयमा ३८ जना सप्तरीका नागरिकलाई उद्धार गरिएको हो । उनीहरुलाई गाडीको व्यवस्था गरि पठाईएको छ ।



















