सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले १० वेडको क्वारेन्टाईन निर्माण गरेको कोरोनाको संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले वडा नं. १, २, ३, ४ र ५ लाई लक्षित गरि वडा नं. २ मा रहेको निमावि रतनपुरमा ५ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ भने वडा नं. ६, ७ र ८ लाई लक्षित गरि वडा नं. ७ मा रहेको सामुदायिक भवनमा ५ वेडको क्वारेन्टाईन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले बताए ।
यस्तै गाउँपालिकाले मकवानपुरबाट गाउँपालिका प्रवेश गर्ने नाका गुरुजी र सर्लाहिबाट प्रवेश गर्ने नाका क्यानेश्वरमा प्रहरी, स्थानीय युवा तथा स्वास्थ्यकर्मीलाई परिचालन गरि हेल्थ हेल्प डेक्स सञ्चालन गरेको छ ।
गाउँपालिकाले विदेशबाट आउने तथा अन्य जिल्लाबाट गाउँपालिका प्रवेश गर्नेलाई निगरानीमा राखेको छ । हालसम्म २ जनालाई होम क्वारेन्टाईनमा राखि निगरानी गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाका अध्यक्ष लामा र उपाध्यक्ष अनिता कुमारी राईले प्रचार प्रसारका लागि वटा गाडी रिजर्व गरि सन्देश प्रवाह गरिरहेका छन । अध्यक्ष लामाले वडा नं. ६, ७ र ८ र उपाध्यक्ष राईले वडा नं. १, २, ३, ४ र ५ मा निगरानीका साथै प्रचार प्रसारको जिम्मा लिएका छन ।




















